• जीवनशैली | Jiwanshaili
  • युकेमा एकै दिन ६ सय १९ जनाको मृत्यु


    चैत्र २३, २०७६।

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड_१९) का कारण युकेमा एकै दिन ६ सय १९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेकाे संख्या ४ हजार ९ सय ३२ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार ९ सय ३ जना संक्रमित भएका छन् ।

    यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ४७ हजार ८ सय ६ पुगेको छ ।
    हाल सम्म विश्वका २०७ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ६६ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव १२ लाख ५५ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस