कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए ? (तालिका सहित)

२४ चैत,२०७६।सोमबार ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट सोमबार विहान सम्म ६९ हजार ४१८ मानीसको मृत्यु भएको छ । यस्तै यस भाइरसबाट १२ लाख ७२ हजार भन्दा बढि मानिसमा संक्रमण देखिएको छ ।
सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन हिजो आइतबार १ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । सोमबार विहान सम्म कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या सम्म ९ हजार ६ सय १० पुगेको छ । एकै दिन अमेरिकामा २५ हजार १ सय ९३ जना यस भाइरसबाट संक्रमित भएका छन् । ३ लाख ३६ हजार ५५० कुल सङ्क्रमित भएका छन् भने, यसैबीच १७ हजार २४५ निको भएर फर्किएका छन् ।
कोभिड-१९ का कारण इटलीमा आइतबार मात्रै ५२५ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख २८ हजार ९४८ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ८८७ जनाको मृत्यु भएको छ । यसैबीच २१ हजार ८१५ निको भएर फर्किएका छन् ।हिजो आइतबार एकै दिन ४ हजार ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्पेनमा आइतबार ६९४ जनाको मृत्यु भएको छ । १ लाख ३१ हजार ६४६ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार ६४१को मृत्यु भएको छ । यसैबीच ३८ हजार ०८० निको भएर फर्किएका छन् ।
कोरोना भाइरसका कारण युकेमा एकै दिन ६ सय १९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३२ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार ९ सय ३ जना संक्रमित भएका छन् ।
बेल्जियममा आइत्बार थप १ सय ६४ जनाको मृत्यु भएको छ । यस्तै बेल्जियममा १ हजार २ सय ६० जना संक्रमित थपिएका छन् । यो संगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ४ सय ४७ पुगेको छ ।
नेदरल्याण्डमा आइतबार थप १ सय १५ जनाको ज्यान गएको छ । आइतबार सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट १ हजार ७ सय ६६ जनाको ज्यान गएको छ ।यस्तै नेदरल्याण्डमा १ हजार २ सय २४ जना व्यक्तिमा थप नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १७ हजार ८ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोभिड १९ ले इरानमा थप १ सय ५१ जनाको ज्यान लिएको छ । यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस ३ हजार ६ सय ३ जनाको ज्यान गएको छ ।यस्तै आइतबार इरानमा २ हजार ४ सय ८३ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ५८ हजार २ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या अघिल्लो दिनको तुलनमा घटेको छ । शनिबार फ्रान्समा १ हजार५३ जनाको मृत्यु भएको थियो । तर आइतबार त्यो संख्या आधिले घटेको छ । हिजो ५ सय १८ जनाको मात्र ज्यान गएको समाचार छ । सोमबार विहान सम्म फ्रान्समा ८ हजार ७८ मानीसको मृत्यु भइसकेको छ । यस्तै यस भाइरसबाट ९२ हजार ८३९ मानिसमा संक्रमण देखिएको छ । एकै दिन फ्रान्समा २ हजार ८ सय ८६ जना यस भाइरसबाट संक्रमित भएका छन् ।




क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस