रुघाखोकी र ज्वरो देखिएपछि एक विदेशी आइसोलेशनमा भर्ना

मेलम्ची, २४ चैत / कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो । सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ ।
एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म लान सरकारी सवारी साधन प्रयोग गरिएको थियो । एम्बुलेन्स नभेटेपछि वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँका साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले आफ्नो गाडीमा ती विरामीलाई खाडीचौर लानुभएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस