रुघाखोकी र ज्वरो देखिएपछि एक विदेशी आइसोलेशनमा भर्ना
मेलम्ची, २४ चैत / कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र ज्वरो देखिएपछि विदेशबाट फर्किएकी एक महिलालाई आइसोलेशन वार्डमा भर्ना गरिएको छ । सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकाकी ४० वर्षीया एक महिलालाई आइसोलेसनमा भर्ना लिइएको हो । सदरमुकाम चौतारास्थित जिल्ला अस्पतालको आइसोलसनमा राखेर उनको उपचार थालिएको छ ।
एम्बुलेन्सले बोक्न नमानेपछि उनलाई आइसोलेसनसम्म लान सरकारी सवारी साधन प्रयोग गरिएको थियो । एम्बुलेन्स नभेटेपछि वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँका साथमा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले आफ्नो गाडीमा ती विरामीलाई खाडीचौर लानुभएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस