भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

२४ चैत
भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ ।
साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।
यी सङ्क्रमितहरुमध्ये उपचारको क्रममा २९२ जना भने उपचार गरी घर फर्र्किएका छन् । अरु ३ हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।
भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ ।
महाराष्ट्रमा मात्र ६९० जना सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । त्यसैगरी त्यसपछि सबैभन्दा धेरै विरामी तामिल नाडुमा छन् । त्यहाँ ५७१ जना विरामी छन् भने नयाँ दिल्लीमा ५०३ जना विरामी रहेका छन् ।
भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ ।
–––
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस