कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा खराबी आए पछि आइसियुमा सारियो
कोरोनासंक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लाई सघन उपचार कक्षमा सारिएको छ । हिजो सोमबार मात्रै अस्पताल भर्ना गरिएका उनीमा देखिएको कोरोनाभाइरस सङ्क्रमणका खराब लक्षणहरू देखिएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा सारिएको प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
एकजना प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई उनको चिकित्सकहरूको टोलीको सल्लाहमा इन्टेनसिभ केअर युनिट सघन उपचार कक्षमा सारिएको र उनको ूउत्तम हेरबिचार भइरहेकोू बताएका छन्।
५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई आइतवार लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।
महारानी एलिजाबेथलाई पनि प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थाकाबारे अवगत गराइएको बकिंघम राजदरबारले जनाएको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस