बेलायती प्रधानमन्त्री बोरिस जोन्सन आईसीयूमा
कोरोना संक्रमणले च्यापेपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आईसीयूमा राखिएको छ । अस्पताल पुगेपछि पनि स्थिति झन जटिल भएपछि प्रधानमन्त्री जोनसनलाई आईसीयूमा सारिएको हो ।
अस्पताल पुगेपछि जोन्सले आवश्यक कदम चाल्नकालगि आफ्नो कार्यभारको जिम्मेवारी बेलायतका विदेशमन्त्री डोमेनिक र्याबलाई दिने निर्णय गरेको जोन्सनको सचिवालयले जनाएको छ ।
केही समयअघि आफुलाई कोरोना संक्रमणले भेटेको घोषणा गरी घरमानै सेल्फ क्वारेन्टिना बसेका प्रधानमन्त्री जोनसनको स्थिति नाजुक बन्दै गएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको चिकित्सकहरुले जनाएका थिए ।
प्रधानमन्त्री जोन्सनको स्वास्थ्यबारे बेलायतकी महारानी एलिजावेथ द्वतियलाई पनि लगातार जानकारी गराईँदै गरेको बेलायती सरकारी स्रोतले जनाएको छ ।
आजै सरकारको नियमित कोविड बैठकको अध्यक्षता कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा विदेश मन्त्री र्याबले गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छ । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बेलायती प्रधानमन्त्री स्वास्थ्य लाभको कामना गरेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस