फ्रान्समा कोरोनाले थप १४१७ को ज्यान लियो, मर्नेको संख्या १० हजार नाघ्यो
२६ चैत,२०७६।बुधबार ।
कोरोना भाइरस सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या बुधबार सम्म १० हजार नाघेको छ । विगत २४ घण्टामा थप १ हजार ४ सय १७ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १० हजार ३ सय २८ पुगेको हो ।
मंगलबार फ्रान्समा थप ११ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट संक्रमितको संख्या १ लाख नाघेको छ । हाल सम्म फ्रान्समा कोरोना भाइरसबाट १ लाख ९ हजार ६९ जनासंक्रमित भएका छन् ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७९ हजार मानीसको मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस