फ्रान्समा कोरोनाले थप १४१७ को ज्यान लियो, मर्नेको संख्या १० हजार नाघ्यो

२६ चैत,२०७६।बुधबार ।
कोरोना भाइरस सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या बुधबार सम्म १० हजार नाघेको छ । विगत २४ घण्टामा थप १ हजार ४ सय १७ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १० हजार ३ सय २८ पुगेको हो ।
मंगलबार फ्रान्समा थप ११ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट संक्रमितको संख्या १ लाख नाघेको छ । हाल सम्म फ्रान्समा कोरोना भाइरसबाट १ लाख ९ हजार ६९ जनासंक्रमित भएका छन् ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७९ हजार मानीसको मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस