• जीवनशैली | Jiwanshaili
  • इटलीमा मंगलबार थप ६०४ ,स्पेनमा ७०४ जनाको मृत्यु


    २६ चैत,२०७६।बुधबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा मंगलबार थप ६०४ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३५ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार १२७ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै स्पेनमा मंगलबार ७०४ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ९४२ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ४५ को मृत्यु भएको छ । मंगलबार एकै दिन ५हजार २ सय ६७ जना संक्रमित भएका छन् ।

    विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७९ हजार मानीसको मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस