कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए ?(तालिका सहित)
२६ चैत,२०७६।बुधबार
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १४ लाख नाघेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १४ लाख २५ हजार ९ सय ३२ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ८१ हजार ९ सय ८७ पुगेको छ ।
अमेरिका
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ह्वात्तै बढेको छ । मंगलबार एकै दिन १ हजार ९ सय १९ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या १२ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या १२ हजार ७ सय ९० पुगेको हो । एकै दिन अमेरिकामा २८ हजार ६ सय ८ जना यस भाइरसबाट संक्रमित भएका छन् । बुधबार बिहान सम्म ३ लाख ९५ हजार ६१२ कुल सङ्क्रमित भएका छन् भने, यसैबीच २१हजार ६७४ निको भएर फर्किएका छन् ।
फ्रान्स
कोरोना भाइरस सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या बुधबार सम्म १० हजार नाघेको छ । विगत २४ घण्टामा थप १ हजार ४ सय १७ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १० हजार ३ सय २८ पुगेको हो ।मंगलबार फ्रान्समा थप ११ हजार ५९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट संक्रमितको संख्या १ लाख नाघेको छ । हाल सम्म फ्रान्समा कोरोना भाइरसबाट १ लाख ९ हजार ६९ जनासंक्रमित भएका छन् ।
इटली
कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा मंगलबार थप ६०४ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३५ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार १२७ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेन
यस्तै स्पेनमा मंगलबार ७०४ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ९४२ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ४५ को मृत्यु भएको छ । मंगलबार एकै दिन ५हजार २ सय ६७ जना संक्रमित भएका छन् ।
जर्मनी
कोरोना भाइरस (कोभिड-१९) का कारण जर्मनीमा मंगलबार एकै दिन थप २०६ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख ७ हजार ६६३ कुल सङ्क्रमित भएका छन् हिजो मंगलबार एकै दिन ४ हजार २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । बुधबार विहान सम्म जर्मनीमा २ हजार १६ जनाको मृत्यु भएको छ।
युके
कोरोना भाइरस (कोभिड-१९) का कारण युकेमा मंगलबार एकै दिन ७ सय ८६ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या ६ हजार १ सय ५९ जना पुगेको छ । युकेमा एकै दिन ३ हजार ६ सय ३४ जना संक्रमित भएका छन् ।
यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ ।
स्विडेन
(कोभिड-१९) बाट स्विडेनमा मंगलबार सम्म ५ सय ९१ जनाको ज्यान गएको छ । मंगलबार एकै दिन थप १ सय १४ जनाको ज्यान गएको छ । आज स्विडेनमा ४ सय ८७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्विडेनमा ७ हजार ६ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेदरल्याण्ड
(कोभिड-१९) बाट नेदरल्याण्डमा मंगलबार थप २ सय ३४ जनाको ज्यान गएको छ । समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट २ हजार १ सय १ जनाको ज्यान गएको छ ।यस्तै आज नेदरल्याण्डमा ७ सय ७७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १९ हजार ५ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
बेल्जियम
कोरोना भाइरसले मंगलबार बेल्जियममा एकै दिन ४ सय ३ जनाको मृत्यु भएको छ । यो संगै बेल्जियममा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ५३पुगेको छ । यस्तै मंगलबार १ हजार ३ सय ८० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २२ हजार १ सय ९४ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इरान
कोरोना भाइरसले इरानमा मंगलबार १ सय ३३ जनाको मृत्यु भएको छ । एशियाली मुलुक इरानमा कोरोना भाइरसका कारण हाल सम्म ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप १ सय ३३ जनाको ज्यान लिएपछि इरानमा ज्यान जानेको संख्या ३ हजार ८ सय नाघेको हो ।यस्तै इरानमा २ हजार ८९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ६२ हजार ९४ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
भारत
भारतमा ५ हजार ३ सय ११ जनामा कोरोनाले संक्रमण गराएको छ भने १ सय ५० जनाको यस भाइरसका कारण मृत्यु भएको छ । भारतमा नयाँ ५ सय ३३ जनामा कोरोनाले संक्रमण फैलाउँदा ४ सय २१ जना पूर्ण रुपमा निको भएका छन् ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७९ हजार मानीसको मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस