• जीवनशैली | Jiwanshaili
  • भारतमा कोरोना भाइरसका कारण १४ महिने शिशुको मृत्यु


    भारतमा कोभिड १९ बाट १४ महिनाको शिशुको मृत्यु भएको छ । भारतको गुजरात राज्यको जमननगरमा कोरोना भाइरसका कारण उक्त शिशुकोज्यान गएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्र । गुजरातको जमनगरमा राज्य सरकारले सञ्चालन गरेको अस्पतालमा मृत्यु भएका यी बालक भारतमा कोभिड १९ का कारण मृत्यु हुने कम उमेरका व्यक्ति हुन् ।

    भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ ।

    भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस