• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा लगातार दाेस्राे दिन पनि उच्च मृत्युदर, बुधबार थप १ हजार ८ सय २७ जनाको मृत्यु


    चैत्र २७, २०७६ ।

    अमेरिकामा कोरोना भाइरसबाट बुधबार थप १ हजार ८ सय २७ जनाको ज्यान गएको छ । क्रमश दुइ दिनमा अमेरिकामा ज्यान जानेको संख्या उच्च रहेको बेला बुधबार यतिको संख्यामा ज्यान गएको हो । यस्तै अमेरिकामा एकै दिन संक्रमितको संख्या २६ हजार ७ सय ६६ जना थपिएको छ। यो समाचार तयार पार्दा सम्म विश्वभरीको तथ्याङक संकलन गर्ने साइट वोल्डवोमिटरसका अनुसार हाल सम्म अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या भने ४ लाख २७ हजार १ सय १ पुगेको छ।

    यसै गरी अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म १४ हजार ६ सय ९५ जनाको ज्यान गएको छ। अमेरिकाको न्युयोर्क शहरमा मात्रै ४ हजार ५ सय ७१ जनाको ज्यान गएको छ ।
    कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस