• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए ?(तालिका सहित)


    २७ चैत,२०७६।बिहिबार

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १५ लाख नाघेको छ । बिहिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १५ लाख ९ हजार ६ सय ७८ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ८८ हजार ३ सय ३४ पुगेको छ ।

    अमेरिका

    अमेरिकामा कोरोना भाइरसबाट बुधबार थप १ हजार ८ सय २७ जनाको ज्यान गएको छ । क्रमश दुइ दिनमा अमेरिकामा ज्यान जानेको संख्या उच्च रहेको बेला बुधबार यतिको संख्यामा ज्यान गएको हो । यस्तै अमेरिकामा एकै दिन संक्रमितको संख्या २६ हजार ७ सय ६६ जना थपिएको छ। यो समाचार तयार पार्दा सम्म विश्वभरीको तथ्याङक संकलन गर्ने साइट वोल्डवोमिटरसका अनुसार हाल सम्म अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या भने ४ लाख २७ हजार १ सय १ पुगेको छ।

    यसै गरी अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म १४ हजार ६ सय ९५ जनाको ज्यान गएको छ। अमेरिकाको न्युयोर्क शहरमा मात्रै ४ हजार ५ सय ७१ जनाको ज्यान गएको छ ।

    फ्रान्स

    फ्रान्समा कोरोना भाइरसबाट बुधबार थप ५ सय ४१ जनाको ज्यान गएको छ ।
    यस्तै फ्रान्समामा एकै दिन संक्रमितको संख्या ३ हजार ८ सय ८१ जना थपिएको छ। यो समाचार तयार पार्दा सम्म विश्वभरीको तथ्याङक संकलन गर्ने साइट वोल्डवोमिटरसका अनुसार हाल सम्म अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या भने १ लाख १२ हजार ९ सय ५० पुगेको छ।यसै गरी फ्रान्समामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नाघेको १० हजार माथि पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म १० हजार ८ सय ८७ जनाको ज्यान गएको छ।

    इटली

    यसै कोरोना भाइरस ९कोभिड(१९० का कारण इटलीमा बुधबार थप ५४२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३९ हजार ४२२ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार ६६९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्पेन

    यस्तै स्पेनमा बुधबार ७४७ जनाको मृत्यु भएको छ । १ लाख ४८ हजार २२० कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ७ सय ९२ को मृत्यु भएको छ । बुधबार एकै दिन ६ हजार २ सय ७८ जना संक्रमित भएका छन् ।

    जर्मनी

    कोभिड-१९ का कारण जर्मनीमा बुधबार एकै दिन थप ३ सय ३३ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख १३ हजार २९६ कुल सङ्क्रमित भएका छन् हिजो बुधबार एकै दिन ५ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३ सयनाघेको छ । बिहिबार विहान सम्म जर्मनीमा २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ।

    बेल्जियम

    कोरोना भाइरसले बुधबार बेल्जियममा एकै दिन थप २ सय ५ जनाको मृत्यु भएको छ । यो संगै बेल्जियममा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार २ सय ५८ पुगेको हो । यस्तै बुधबार १ हजार २ सय ९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेदरल्याण्ड

    कोरोना भाइरसले बुधबार नेदरल्याण्डमा एकै दिन थप १ सय ४७ जनाको मृत्यु भएको छ । यो संगै नेदरल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार २ सय ४८ पुगेको छ । यस्तै बुधबार ९ सय ६९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा हाल सम्म २० हजार ५ सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरान

    कोरोना भाइरसले इरानमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । इरानमा बुधबार थप १ सय ३१ जनाको मृत्यु भए पछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ पुगेको छ । एशियाली मुलुक इरानमा बुधबार ४ हजार ६ सय ९७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । हाल सम्म इरानमा ६७ हजार २ सय ८६ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    ब्राजिल

    ब्राजिलमा बुधबार एकै दिन थप १ सय ३४ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म
    दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १६ हजार १ सय ८८ कुल सङ्क्रमित भएका छन् हिजो बुधबार थप २ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय २० पुगेको छ ।

    भारत

     भारतमा संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ ।केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना थपिएको हो। यसै गरी भारतमा अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ ।भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन् र ६४ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ६ सय ९० जना संक्रमित भएका छन् र सात जनाको मृत्यु भएको छ ।

    कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस