बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण
२७ चैत,२०७६।बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड(१९ का कारण बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देखएिको जनाएको हो ।
योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस