भारतमा संक्रमितको संख्या पाँच हजार नाघ्याे, १४९काे मृत्यु

२७ चैत,२०७६।बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड(१९बाट भारतमा संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना थपिएको हो। यसै गरी भारतमा अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ ।
भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन् र ६४ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ६ सय ९० जना संक्रमित भएका छन् र सात जनाको मृत्यु भएको छ ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस