भारतमा संक्रमितको संख्या पाँच हजार नाघ्याे, १४९काे मृत्यु
२७ चैत,२०७६।बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड(१९बाट भारतमा संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना थपिएको हो। यसै गरी भारतमा अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ ।
भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा एक हजार १८ जना संक्रमित भेटिएका छन् र ६४ जनाको मृत्यु भएको छ । तामिलनाडुमा ६ सय ९० जना संक्रमित भएका छन् र सात जनाको मृत्यु भएको छ ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस