कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९० हजार पुग्यो, १५ लाख सङ्क्रमित
चैत्र २७, २०७६ ।
विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९० हजार पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार यस भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९० हजार ११ पुगेको हो । यस भाइरसबाट सबै भन्दा बढी इटलीमा १७ हजार ६ सय ७९ जनाको ज्यान गएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कमा छ। यसै गरी स्पेनमा १५ हजार २ सय ३८ जनाको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरसले युरोप हुँदै अमेरिकामा सम्म महामारीको प्रकोपको रूप लिएको छ । पछिल्लो समयमा अमेरिकामा यस भाइरसबाट १४ हजार ८ सय ३० जनाको ज्यान लिइसकेको छ ।
यस भाइरस बाट समाचार तयार पार्दा सम्म १५ लाख भन्दा बढी सङ्क्रमित भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हाल सम्म १५ लाख ३ हजार ९ सय जनामा भाइरसको सङ्क्रमण भएको छ ।
संसारको २०९ देश तथा क्षेत्रमा फैलिसकेको यस भाइरसबाट अमेरिकामा सबै भन्दा बढी सङ्क्रमित भएको छ । हाल सम्म अमेरिकामा ४ लाख ३२ हजार ५७९ जनामा भाइरसको सङ्क्रमित भइसकेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस