• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए ?(तालिका सहित)


    २८ चैत,२०७६।शुक्रबार।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या १६ लाख नाघेको छ । बिहिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १६ लाख २ हजार ६ सय १९ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ ।

    अमेरिका
    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ह्वात्तै बढेको छ । बिहिबार एकै दिन १ हजार ८ सय ७२ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या १६ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या १६ हजार ६ सय ६३ पुगेको हो । एकै दिन अमेरिकामा ३३ हजार २ सय ५६ जना यस भाइरसबाट संक्रमित भएका छन् । बिहिबार बिहान सम्म ४ लाख ६८ हजार २८६ कुल सङ्क्रमित भएका छन् भने, यसैबीच २५हजार ३१६ निको भएर फर्किएका छन् ।

    फ्रान्स
    कोरोना भाइरस सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या बिहिबार सम्म १२ हजार नाघेको छ । विगत २४ घण्टामा थप १ हजार ३ सय ४१ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १२ हजार २ सय १० पुगेको हो ।बिहिबार फ्रान्समा थप ४ हजार ७सय ९९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख १७ हजार ७४९ जनासंक्रमित भएका छन् ।

    इटली
    कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा बिहिबार थप ६१० जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ४२ हजार ६२६ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार २७९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ हजार २ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्पेन

    यस्तै स्पेनमा बिहिबार ६५५ जनाको मृत्यु भएको छ । १ लाख ५३ हजार २२२ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ४सय ४७ को मृत्यु भएको छ । बिहिबार एकै दिन ५हजार २ जना संक्रमित भएका छन् ।

    जर्मनी
    कोरोना भाइरस ९कोभिड(१९० का कारण जर्मनीमा बिहिबार एकै दिन थप २५८ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख १८ हजार २३५ कुल सङ्क्रमित भएका छन् हिजो बिहिबार एकै दिन ४ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार६ सय नाघेको छ । शुक्रबार विहान सम्म जर्मनीमा २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ।

    युके
    कोरोना भाइरस (कोभिड-१९) का कारण युकेमा बिहिबार एकै दिन ८ सय ८१ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या ७ हजार ९ सय ७८ जना पुगेको छ । युकेमा एकै दिन ४ हजार ३ सय ४४ जना संक्रमित भएका छन् ।

    यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ६५ हजार ७७ पुगेको छ ।

    स्विडेन
    कोरोना भाइरसले बिहिबार स्विडेनमा एकै दिन १सय ६ जनाको ज्यान गएको छ । युरोपियन मुलुक स्विडेनमा १ सय भन्दा बढीको ज्यान गएको यो पहिलो हो । हाल सम्म स्विडेनमा मृत्यु हुनेको संख्या ७ सय ९३ पुगेको हो । यस्तै बिहिबार ७ सय २२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।स्विडेनमा हाल सम्म ९ हजार १ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
    नेदरल्याण्ड

    कोरोना भाइरसले बिहिबार नेदरल्याण्डमा एकै दिन थप १ सय ४८ जनाको मृत्यु भएको छ । यो संगै नेदरल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ३ सय ९६ पुगेको छ । यस्तै बिहिबार १ हजार २ सय १३ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा हाल सम्म २१ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    बेल्जियम
    कोरोना भाइरसले बिहिबार बेल्जियममा एकै दिन थप २ सय ८३ जनाको ज्यान गएको छ । पछिल्लो समय कोरोना बाट ज्यान गुुमाउनेको संख्या बढे संगै बेल्जियममा मृत्यु हुनेको संख्या २ हजार ५ सय २३ पुगेको हो । यस्तै बिहिबार १ हजार ५ सय ८० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २४ हजार ९ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरान
    कोरोना भाइरसले इरानमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । इरानमा बिहिबार थप १ सय १७ जनाको मृत्यु भए पछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार १ सय १० पुगेको छ । एशियाली मुलुक इरानमा बिहिबार १ हजार ६ सय ३४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । हाल सम्म इरानमा ६६ हजार २ सय २० सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    भारत

    भारतमा ६ हजार ७ सय २५ जनामा कोरोनाले संक्रमण गराएको छ भने २ सय २६ जनाको यस भाइरसका कारण मृत्यु भएको छ । भारतमा नयाँ ८ सय ०९ जनामा कोरोनाले संक्रमण फैलाउँदा ६ सय २० जना पूर्ण रुपमा निको भएका छन् ।

    नेपाल

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ ।मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताउनुभयो । उहाँले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताउनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् ।

    विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ९५ हजार मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।



    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस