कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख पुग्यो, १६ लाख सङ्क्रमित
चैत्र २८, २०७६ ।शुक्रबार ।
विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख नाघेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार यस भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख २ सय ७३ पुगेको हो । यस भाइरसबाट सबै भन्दा बढी इटलीमा १८ हजार २ सय ७९ जनाको ज्यान गएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कमा छ। यसै गरी स्पेनमा १५ हजार ८ सय ४३ जनाको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरसले युरोप हुँदै अमेरिकामा सम्म महामारीको प्रकोपको रूप लिएको छ । पछिल्लो समयमा अमेरिकामा यस भाइरसबाट १७ हजार ८ सय ३६ जनाको ज्यान लिइसकेको छ ।
यस भाइरस बाट समाचार तयार पार्दा सम्म १६ लाख भन्दा बढी सङ्क्रमित भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हाल सम्म १६ लाख २२ हजार १६७ सय जनामा भाइरसको सङ्क्रमण भएको छ ।
संसारको २१० देश तथा क्षेत्रमा फैलिसकेको यस भाइरसबाट अमेरिकामा सबै भन्दा बढी सङ्क्रमित भएको छ । हाल सम्म अमेरिकामा ४ लाख ६७ हजार १८४ जनामा भाइरसको सङ्क्रमित भइसकेका छन्।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस