अमेरिकामा कोरोना कहरः शुक्रबार थप २ हजार १७ को मृत्यु, संक्रमित ५ लाख नाघ्यो
२९ चैत,२०७६।शनिबार।
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ह्वात्तै बढेको छ । शुक्रबार एकै दिन २ हजार १७ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या १८ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या १८ हजार ६ सय ९९ पुगेको हो । एकै दिन अमेरिकामा ३३ हजार ३ सय १४ जना यस भाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहान सम्म ५ लाख १ हजार १८० कुल सङ्क्रमित भएका छन् भने, यसैबीच २७हजार २३९ निको भएर फर्किएका छन् ।
विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म १लाख मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस