कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए ?(तालिका सहित)

२९ चैत,२०७६।शनिबार।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब १७ लाख पुगेकाे छ । शनिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १६ लाख ९७ हजार ३ सय ५४ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख २ हजार ६ सय ६४ पुगेको छ ।
अमेरिका
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या ह्वात्तै बढेको छ । शुक्रबार एकै दिन २ हजार १७ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या १८ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या १८ हजार ६ सय ९९ पुगेको हो । एकै दिन अमेरिकामा ३३ हजार ३ सय १४ जना यस भाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहान सम्म ५ लाख १ हजार १८० कुल सङ्क्रमित भएका छन् भने, यसैबीच २७हजार २३९ निको भएर फर्किएका छन् ।
फ्रान्स
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या शुक्रबार सम्म १३ हजार नाघेको छ । विगत २४ घण्टामा थप ९ सय ८७ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १३ हजार १ सय ९७ पुगेको हो ।शुक्रबार फ्रान्समा थप ७ हजार १ सय २० जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख २४ हजार ८६९ जनासंक्रमित भएका छन् ।
बेलायत
विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाटकोरोना भाइरस ९कोभिड(१९० का कारण बेलायतमा शुक्रबार एकै दिन ९ सय ८० जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ५८ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार १ सय ९५ जना संक्रमित भएका छन् ।
यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।
इटली
विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा शुक्रबार थप ५७० जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ४७ हजार ५७७ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेन
कोरोना भाइरस ९कोभिड९१९० का कारण स्पेनमा पछिल्लो समय मृत्युदर घट्दै गएको छ । स्पेनमा शुक्रबार ६३४ जनाको मृत्यु भएको छ । १ लाख ५८ हजार २७३ कुल सङ्क्रमित भएका छन् भने, १६ हजार ८१ जनाको मृत्यु भएको छ । शुक्रबार एकै दिन ५हजार ५१ जना संक्रमित भएका छन् ।
बेल्जियम
कोरोना भाइरसले बेल्जियममा ज्यान गुमाउनेका संख्या ३ हजार पुगेको छ । शुक्रबार एकै दिन थप ४ सय ९६ जनाको ज्यान गएसंगै बेल्जियममा मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको हो । यस्तै शुक्रबार १ हजार ६ सय ८४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २६ हजार ६ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इरान
कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिन थप १ सय २२ जनाको ज्यान गएको छ । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार २ सय ३२ पुगेको छ । यस्तै शुक्रबार १ हजार ९ सय ७२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ६८ हजार १ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेदरल्याण्ड
कोरोना भाइरसबाट शुक्रबार नेदरल्याण्डमा एकै दिन थप १ सय १५ जनाको मृत्यु भएको छ । यो संगै नेदरल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ११ पुगेको छ । यस्तै शुक्रबार १ हजार ३ सय ३५ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा हाल सम्म २३ हजार९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
भारत
भारतमा ७ हजार ६ सय जनामा कोरोनाले संक्रमण गराएको छ भने २ सय ४९ जनाको यस भाइरसका कारण मृत्यु भएको छ । थप ८ सय ७५ नयाँ मानिसमा यस भाइरसको संक्रमण देखिँदा ७ सय ७४ जना भने पुर्ण रुपमा निको हुँदै घर फर्किएका छन् ।
विश्वभरका २१० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म १लाख मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस