चार लाख भन्दा बढी काेराेना सङ्क्रमितहरू निकाे भए

यतिखेर कोरोना भाइरसबाट सारा विश्व जुधिरहेको छ । दैनिक हजारौँ सङ्क्रमित तथा ज्यान गइरहेको अवस्था छ । यति खेर करिब १८ लाख मानिसमा यस भाइरसको सङ्क्रमण देखिसकेको छ । यस्तै १ लाख भन्दा बढी मानिसहरूको मृत्यु समेत भइसकेको अवस्था छ । कहीँ कतै यस भाइरस लागे पछि ज्यान गइहाल्ने हो की भन्ने चिन्ता सर्वत्र चलिरहेको अवस्था छ । यदपी हाल ४ लाख भन्दा सङ्क्रमित हरू यस भाइरसको युद्ध जितेका छन् ।समाचार तयार पार्दा सम्म ४ लाख ७ हजार २ सय ७५ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएक छन् ।
यसरी हेर्दा कोरोना भाइरसबाट सावधानी अपनाए सङ्क्रमित भइहाले पनि यस बाट सङ्क्रमण मुक्त हुन सक्ने अवस्था छ । हाल सम्म कोरोना सङ्क्रमित मध्ये चीनमा सबै भन्दा बढी सङ्क्रमण मुक्त भएका छन्। चीनमा जम्मा सङ्क्रमित मध्ये ७७ हजार बिरामी निको भइसकेका छन् भने स्पेनमा ५९ हजार कोरोना सङ्क्रमित बिरामी निको भएका छन् । यसै गरी इटलीमा ३२ हजार, जर्मनीमा ५७ हजार , इरानमा ४१ हजार तथा अमेरिकामा ३० हजार कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भइसकेका छन् ।
हाल सम्म १७ लाख ७९ हजार मानिस हरूमा कोरोना भाइरस सङ्क्रमित भएका मा २२.६३ प्रतिशत बिरामी सङ्क्रमण मुक्त भएका छन् ।हाल सम्म ४ लाख ७ हजार २७५ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस