वीरगञ्जमा ३ भारतीयमा कोरोनामा देखिएकाे स्वास्थ्य मन्त्रालय द्वारा पुष्टी

पर्सामा ३ भारतीय कोरोनामा देखिएको स्वास्थ्य मन्त्रालय द्वारा पुष्टी गरेको छ । पर्साको बिरगंज महानगरपालिका, वडा नं २ छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित हरू वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेको बताइएको छ । संक्रमितहरूलाइ कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ।
उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएको थियो । उक्त कुरा पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले बताएको हो ।
योसँगै नेपालभित्र अब कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ। यसअघि काठमाडौं, बाग्लुङ, कैलाली र कञ्चनपुरका ९ जनामा कोरोनाको संक्रमण देखिएको थियो। तीमध्ये १ जना उपचारपछि निको भएर घर गएका छन् भने ८ जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस