वीरगञ्जमा ३ भारतीयमा कोरोनामा देखिएकाे स्वास्थ्य मन्त्रालय द्वारा पुष्टी
पर्सामा ३ भारतीय कोरोनामा देखिएको स्वास्थ्य मन्त्रालय द्वारा पुष्टी गरेको छ । पर्साको बिरगंज महानगरपालिका, वडा नं २ छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमित हरू वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेको बताइएको छ । संक्रमितहरूलाइ कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ।
उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएको थियो । उक्त कुरा पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले बताएको हो ।
योसँगै नेपालभित्र अब कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ। यसअघि काठमाडौं, बाग्लुङ, कैलाली र कञ्चनपुरका ९ जनामा कोरोनाको संक्रमण देखिएको थियो। तीमध्ये १ जना उपचारपछि निको भएर घर गएका छन् भने ८ जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस