कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख १० हजार पुग्यो, १८ लाख सङ्क्रमित

विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख १० हजार नाघेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार यस भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख १० हजार ५२ पुगेको हो । यस भाइरसबाट सबै भन्दा बढी इटलीमा १९ हजार ४ सय ६८ जनाको ज्यान गएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कमा छ। यसै गरी स्पेनमा १६ हजार ९ सय ७२ जनाको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरसले युरोप हुँदै अमेरिकामा सम्म महामारीको प्रकोपको रूप लिएको छ । पछिल्लो समयमा अमेरिकामा यस भाइरसबाट १७ हजार ८ सय ३६ जनाको ज्यान लिइसकेको छ ।
यस भाइरस बाट समाचार तयार पार्दा सम्म १८ लाख भन्दा बढी सङ्क्रमित भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार हाल सम्म १८ लाख ७९१ सय जनामा भाइरसको सङ्क्रमण भएको छ ।
संसारको २१० देश तथा क्षेत्रमा फैलिसकेको यस भाइरसबाट अमेरिकामा सबै भन्दा बढी सङ्क्रमित भएको छ । हाल सम्म अमेरिकामा ५ लाख ३० हजार ८३० जनामा भाइरसको सङ्क्रमित भइसकेका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस