• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? (तालिका सहित)


    बैशाख १ गते ।सोमबार।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब १८ लाख ५१ हजार पुगेको छ । आईतबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १८ लाख ५१ हजार ७३४ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख १४ हजार १ सय ७९ पुगेको छ ।

    अमेरिका

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । आइतबार एकै दिन १ हजार ५ सय २८ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २२ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या २२ हजार १ सय ५ पुगेको हो । एकै दिन अमेरिकामा २७ हजार ५ सय २३ जना यस भाइरसबाट संक्रमित भएका छन् । सोमबार बार बिहान सम्म ५ लाख ६० हजार ४०२ कुल सङ्क्रमित भएका छन्।

    बेलायत
    भाइरसबाट बेलायतमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। आइतबार एकै दिन ७ सय ३७ जनाको मृत्यु भए पछि ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार २ सय ८८ जना संक्रमित भएका छन् ।

    फ्रान्स

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या शनिबारदेखि घट्न थालेको छ । शनिबार ६ सय ३५को ज्यान गएको मा आइतबार ५ सय ६१ को मात्रै मृत्यु भएको छ । पछिल्लो समय फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नियन्त्रणमा आएको देखिन्छ ।

    विगत २४ घण्टामा थप ५ सय ६१ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १४ हजार ३ सय ९३ पुगेको हो ।आइतबार फ्रान्समा थप २ हजार ९ सय ३७ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ३२ हजार ५९१ जनासंक्रमित भएका छन् ।

    स्पेन

    कोभिड १९ बाट स्पेनमा आइतबार थप ६ सय १९ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार शनिबार सम्म स्पेनमा १६ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ । शनिबार स्पेनमा थप ४ हजार १ सय ४७ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ६६ हजार १९ जना संक्रिमत भइसकेका छन् ।

    इटली

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा आइतबार थप ४३१ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ५६ हजार ३६३ कुल सङ्क्रमित भएका छन् भने, १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ हजार ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

    बेल्जियम

    कोरोना भाइरसबाट बेल्जियममा आइतबार एकै दिन थप २ सय ५४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी पुगेको छ । शनिबार १ सय २५ को ज्यान गए संगै ३ हजार ६ सय पुगेको छ । यस्तै आइतबार १ हजार ६ सय २९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २९ हजार ६ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।चीनमा हाल सम्म ३ हजार ३ सय ३९ को ज्यान गएको छ ।

    इरान

    कोरोना भाइरसबाट इरानमा आइतबार एकै दिन थप १ सय १७ जनाको ज्यान गएको छ । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार ४ सय ७४ पुगेको छ । यस्तै आइतबार १ हजार ६ सय ५७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ७१ हजार ६ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    भारत

    भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख्या ८ हजार ४४७ पुगेको छ ।आइतबार मात्र भारतमा ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने तीमध्ये ३४ जनाको मृत्यु भएको छ ।

    नेपाल

    नेपालमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । याे संगै नेपालमा संक्रिमतकाे संख्या १२ पुगेकाे छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस