युकेमा संक्रमितको संख्या चीनको भन्दा बढी

बैशाख १ गते ।सोमबार।
विश्वव्यापी महामारी निम्त्याएको कोभिड- १९ भनिने कोरोना भाइरसबाट युकेमा संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ । सोमबार बिहान सम्म कोरोना भाइरस संक्रमितको संख्यामा युके ले चीनलाई उछिनेको हो । युकेमा समाचार तयार पार्दा सम्म नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ ।
भने ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। आइतबार एकै दिन ७ सय ३७ जनाको मृत्यु भए पछि ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार २ सय ८८ जना संक्रमित भएका छन् ।
यता चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार १ सय ६० पुगेको छ । आइतबार थप १०८ जनामा कोरोना भाइरस संक्रमित भएका छन भने थप २ जनाको ज्यान गएको छ । हाल सम्म कोरोना भाइरस कारण चीनमा ३ हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस