युकेमा संक्रमितको संख्या चीनको भन्दा बढी
बैशाख १ गते ।सोमबार।
विश्वव्यापी महामारी निम्त्याएको कोभिड- १९ भनिने कोरोना भाइरसबाट युकेमा संक्रमितको संख्या चीनको भन्दा बढी पुगेको छ । सोमबार बिहान सम्म कोरोना भाइरस संक्रमितको संख्यामा युके ले चीनलाई उछिनेको हो । युकेमा समाचार तयार पार्दा सम्म नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ ।
भने ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। आइतबार एकै दिन ७ सय ३७ जनाको मृत्यु भए पछि ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार २ सय ८८ जना संक्रमित भएका छन् ।
यता चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार १ सय ६० पुगेको छ । आइतबार थप १०८ जनामा कोरोना भाइरस संक्रमित भएका छन भने थप २ जनाको ज्यान गएको छ । हाल सम्म कोरोना भाइरस कारण चीनमा ३ हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस