• जीवनशैली | Jiwanshaili
  • स्पेनमा थप ५ सय १७ जनाको मृत्यु


    बैशाख १, २०७७ ।सोमबार ।

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा सोमबार थप ५ सय १७ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार शनिबार सम्म स्पेनमा १७ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ । सोमबार स्पेनमा थप ३ हजार ४ सय ७७ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ६९ हजार ४६९ जना संक्रिमत भइसकेका छन् ।

    कोरोना भाइरसबाट विश्वमा १ लाख १४ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १८ लाख ६० हजार भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस