कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख -२(तालिका सहित)

बैशाख २ गते । मंगलबार ।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब १९ लाख भन्दा बढी पुगेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १९ लाख २३ हजार ७६९ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख १९ हजार ५ सय ९८पुगेको छ ।
अमेरिका
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । सोमबार एकै दिन १ हजार ५ सय १५ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या २३ हजार नाघेको हो । अमेरिकामा मृतकको संख्या २३ हजार ६ सय २१ पुगेको हो । एकै दिन अमेरिकामा २६ हजार ५ सय ६६ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबार बिहान सम्म ५ लाख ८६ हजार ८६६ कुल सङ्क्रमित भएका छन्।
युके
काेराेना भाइरसबाट सोमबार युकेमा थप ७ सय १७ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय २९ जना पुगेको छ । युकेमा एकै दिन ४ हजार ३ सय ४२ जना संक्रमित भएका छन् ।
यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ८८ हजार ६ सय २१ पुगेको छ ।
फ्रान्स
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या शनिबारदेखि घट्न थालेको छ । शनिबार ६ सय ३५ को ज्यान गएको मा आइतबार ५ सय ६१ को मात्रै मृत्यु भएको थियो । हिजो सोमबार ५ सय ७४ जनाको मृत्यु भएको हो । पछिल्लो समय फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नियन्त्रणमा आएको देखिन्छ ।
विगत २४ घण्टामा थप ५ सय ७४ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १४ हजार ९ सय ६७ पुगेको हो ।आइतबार फ्रान्समा थप ४ हजार १ सय ८८ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ३६ हजार ७७९ जनासंक्रमित भएका छन् ।
भारत
भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२४ पुगेको छ । सोमबार भारतको संघिय स्वास्थ्य मन्त्रीले पत्रकार सम्मेलनमा कोरोनाले भारतमा यतिको संख्यामा मृत्यु भएको बताएका हुन् । सोमबार सम्म भारतमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५२ पुगेको छ । सोमबार भारतमा थप ५१जनाको मृत्यु भएको छ । यसै गरी एकै दिन ९०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेन
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा सोमबार थप ५ सय १७ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार शनिबार सम्म स्पेनमा १७ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ । सोमबार स्पेनमा थप ३ हजार ४ सय ७७ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ६९ हजार ४६९ जना संक्रिमत भइसकेका छन् ।
इरान
कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिन थप १ सय ११ जनाको ज्यान गएको छ । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय ८५ पुगेको छ । यस्तै आइतबार १ हजार ६ सय १७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ७३ हजार ३ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
बेल्जियम
कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिन थप ३ सय ३ जनाको ज्यान गएको छ । यस्तै सोमबार ९ सय ४२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३० हजार ५ सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।चीनमा हाल सम्म ३ हजार ९ सय ३ को ज्यान गएको छ ।
नेपाल
नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रबक्ता बिकास देवकोटाले थप दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका हुन् ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस