• जीवनशैली | Jiwanshaili
  • इरानमा थप ९८ जनाको मृत्यु


    बैशाख २ गते, मंगलबार।

    कोरोना भाइरसबाट इरानमा मंगलबार मृत्यु हुनेको संख्या घटेको छ । आज इरानमा ९८ जनाको ज्यान गएको छ । हिजो सोमबार १ सय ११ जनाको ज्यान गएको थियो । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ८३ पुगेको छ । यस्तै आइतबार १ हजार ५ सय ७४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ७४ हजार ८ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा १ लाख २० हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १९ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस