कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख -३(तालिका सहित)
बैशाख ३ गते ।बुधबार।
विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या करिब २० लाख पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १९ लाख ९७ हजार ३५८ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख २६ हजार ५ सय ६५ पुगेको छ ।
अमेरिका
कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । मंगलबार एकै दिन २ हजार ४ सय ७ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या करिब २६ हजार पुगेको हो । अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । एकै दिन अमेरिकामा २६ हजार ९सय ४५ जना यस भाइरसबाट संक्रमित भएका छन् । बुधबार बिहान सम्म ६ लाख १३ हजार ८८६ कुल सङ्क्रमित भएका छन्।
युके
विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । मंगलबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ जना पुगेको छ । मंगलबार युकेमा थप ७ सय ७८ जनाको मृत्यु भएको छ । हाल सम्म युकेमा एकै दिन ५ हजार २ सय ५२ जना संक्रमित भएका छन् ।यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ९३ हजार ८ सय ७३ पुगेको छ ।
फ्रान्स
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजो मंगलबार ७ सय ६२ जनाको मृत्यु भएको हो । पछिल्लो समय फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नियन्त्रणमा आएको देखिन्छ ।विगत २४ घण्टामा थप ७ सय ६२ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १५ हजार ७ सय २९ पुगेको हो ।मंगलबार फ्रान्समा थप ६ हजार ५ सय २४ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४३ हजार ३०३ जनासंक्रमित भएका छन् ।
इटली
कोभिड १९ का कारण इटलीमा मंगलबार थप ६ सय २ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ६२ हजार ४८८ कुल सङ्क्रमित भएका छन् भने, २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन २ हजार ९सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्पेन
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मंगलबार थप ५ सय ६७ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार शनिबार सम्म स्पेनमा १८ हजार ५६ जनाको मृत्यु भएको छ । मंगलबार स्पेनमा थप ३ हजार ४५ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ७२ हजार ५४१ जना संक्रिमत भइसकेका छन् ।
बेल्जियम
कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिन थप २ सय ५४ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ४ हजार १ सय ५७ पुगेको छ । यस्तै मंगलबार ५ सय ३० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३१ हजार १ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेदरल्याण्ड
कोरोना भाइरस कोभिड १९ का कारण नेदरल्याण्डमा मंगलबार थप १२२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा २७ हजार ४१९ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ८ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।
इरान
कोरोना भाइरसबाट इरानमा मंगलबार मृत्यु हुनेको संख्या घटेको छ । मंगलबार इरानमा ९८ जनाको ज्यान गएको छ । सोमबार १ सय ११ जनाको ज्यान गएको थियो । यो संगै एशियाली मुलुक इरानमा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ८३ पुगेको छ । यस्तै मंगलबार १ हजार ५ सय ७४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।इरानमा हाल सम्म ७४ हजार ८ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपाल
नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रबक्ता बिकास देवकोटाले थप दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका हुन् ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस