कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघ्यो

विश्वब्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । कोरोना सम्बन्धि तथ्यांक संकलन गर्ने साइट वल्र्डवमिटरसका अनुसार हाल सम्म यस भाइरसबाट संक्रमितकाे संख्या २० लाख २ सय ४३ पुगेको छ ।
विश्वको २१० देश तथा अधिनस्थ क्षेत्र र दुई समुन्द्रीक जहाजमा समेत फैलिसकेको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख २६ हजार नाघेको छ ।
यस भाइरसबाट सबै भन्दा बढी अमेरिकामा २६ हजारको ज्यान गएको छ भने इटलीमा २१ हजार जनाको ज्यान गएको तथ्याङ्कमा छ। यसै गरी स्पेनमा १८ हजारको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरसले युरोप हुँदै अमेरिकामा सम्म महामारीको प्रकोपको रूप लिएको छ ।
यस भाइरसबाट अमेरिकामा सबै भन्दा बढी सङ्क्रमित भएको छ । हाल सम्म अमेरिकामा ६ लाख १४ हजार जनामा भाइरसको सङ्क्रमण देखिसकेको छ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस