पाँच लाख कोरोना संक्रमित निको भए
कोरोनाभाइरसबाट संक्रमित भएर निको हुनेको संख्या विश्वमा पाँच लाख नाघेको छ। अहिलेसम्म पाँच लाख १० हजार १२९ जना निको भएका छन्।विश्वभर संक्रमितको संख्या २० लाख ८२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये एक लाख ३४ हजार ६०३ जनाले ज्यान गुमाएका छन्।
निको र मृत्यु हुनेबाहेक अहिले संक्रिय संक्रमितको संख्या १४ लाख ३८ हजार पुगेको छ। तीमध्ये चार प्रतिशत अर्थात् ५१ हजार जना गम्भीर बिरामी छन्।सबैभन्दा बढी चीनका संक्रमित निको भएका छन्। त्यहाँ अहिलेसम्म ८२ हजार ३४१ संक्रमितमध्ये ७७ हजार ८९२ जना निको भएका छन्। त्यस्तै जर्मनीमा एक लाख ३४ हजार संक्रमितमध्ये ७२ हजार ६०० भन्दा बढी निको भएका छन्।
अमेरिकामा भने ६ लाख ४४ हजार संक्रमितमध्ये ४८ हजार ७०० भन्दा केही बढी मात्र निको भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस