कोरोना संक्रमित बाग्लुङकी महिलामा कोरोना नेगेटिभ देखियाे

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै आएकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ। धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आज महिलाको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो। अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमितमध्ये पुनः परीक्षण गरिएकाहरूको नेगेटिभ आएको यो पहिलो घटना हो।
यसअघि गरिएको दोस्रो परीक्षणमा यी महिलाको नतिजा पोजेटिभ आएको थियो। डा. पोखरेलका अनुसार आजै महिलाको अर्को परीक्षणको लागि स्वाब पठाउने तयारी भइरहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस