• जीवनशैली | Jiwanshaili
  • इरानमा कोरोनाबाट आज पनि मृत्यु हुनेको संख्या घट्यो


    बैशाख ४ गते, बिहिबार ।

    इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।

    अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १६ तारिख १ हजार ६ सय ०६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७७ हजार ९ सय ९५ रहेको छ । बुधवार सम्म इरानमा ४ हजार ८ सय ६९ जना को मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस