कोरोना भाइरस संक्रमितको संख्या २१ लाख नाघ्यो

विश्वब्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरस संक्रमितको संख्या २१ लाख नाघेको छ । कोरोना सम्बन्धि तथ्यांक संकलन गर्ने साइट वल्र्डवमिटरसका अनुसार हाल सम्म यस भाइरसबाट संक्रमितको संख्या २१ लाख ६ सय ६७ पुगेको छ ।
विश्वको २१० देश तथा अधिनस्थ क्षेत्र र दुई समुन्द्रीक जहाजमा समेत फैलिसकेको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार नाघेको छ ।
यस भाइरसबाट सबै भन्दा बढी अमेरिकामा २८ हजारको ज्यान गएको छ भने इटलीमा २१ हजार जनाको ज्यान गएको तथ्याङ्कमा छ। यसै गरी स्पेनमा १९ हजारको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरसले युरोप हुँदै अमेरिकामा सम्म महामारीको प्रकोपको रूप लिएको छ ।
यस भाइरसबाट अमेरिकामा सबै भन्दा बढी सङ्क्रमित भएको छ । हाल सम्म अमेरिकामा ६ लाख ४४ हजार जनामा भाइरसको सङ्क्रमण देखिसकेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस