• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख ५ (तालिका सहित)


    बैशाख, ५ गते ।शुक्रबार।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २१ लाख ८० हजार पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २१ लाख ८० हजार ९०८ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ४५ हजार ४ सय २९ पुगेको छ ।

    अमेरिका

    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । बिहिबार एकै दिन २ हजार १ सय ३७ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ३४ हजार ५ सय पुगेको हो ।एकै दिन अमेरिकामा २९ हजार ५३ जना यस भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार बिहान सम्म ६ लाख ७७ हजार ५६ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या ३४ हजार ५ सय ८० पुगेको छ ।
    फ्रान्स

    फ्रान्समा हिजोको तुलनामा बिहिबार घटेको छ। बुधबार १ हजार ४ सय ३८जनाको ज्यान गएकोमा बिहिबार थप ७ सय ५३ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १७ हजार ९ सय २० पुगेको हो ।य

    युके


    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरस संक्रमितको संख्या युकेमा १ लाख नाघेको छ। युकेमा बिहिबार एकै दिन ४ हजार ६ सय १७ जना संक्रमित भएका छन् । यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या करिब १४ हजार पुगेको छ । बिहिबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १३ हजार ७ सय २९ जना पुगेको छ ।बिहिबार युकेमा थप ८ सय ६१ जनाको मृत्यु भएको छ ।

    स्पेन

    कोभिड १९ बाट स्पेनमा बिहिबार थप ५ सय ५१ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार बिहिबार सम्म स्पेनमा १९ हजार १ सय ३० जनाको मृत्यु भएको छ । बिहिबार स्पेनमा थप ५ हजार १ सय ८३ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ८२ हजार ८१६ जना संक्रिमत भइसकेका छन् ।

    इटली

    कोभिड १९ का कारण इटलीमा बिहिबार थप ५ सय २५ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ६८ हजार ९४१ कुल सङ्क्रमित भएका छन् भने, २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन ३ हजार ७ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    बेल्जियम

    कोरोना भाइरसबाट बेल्जियममा बिहिबार एकै दिन थप ४ सय १७ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५७ पुगेको छ । यस्तै बिहिबार १ हजार २ सय ३६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३४ हजार ८ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेदरल्याण्ड

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड(१९ का कारण नेदरल्याण्डमा बिहिबार थप १ सय ८१ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा २९ हजार २१४ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन १ हजार ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    जर्मनी

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण जर्मनीमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । बिहिबार थप २ सय ४८ जनाको मृत्यु भएसंगगै जर्मनीमा मृत्यु हुनेको संख्या ४ हजार ५२ पुगेको हो। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख ३७ हजार ६९८ कुल सङ्क्रमित भएका छन् । बिहिबार एकै दिन २ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

    इरान

    इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १६ तारिख १ हजार ६ सय ०६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

    यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७७ हजार ९ सय ९५ रहेको छ । बिहिबार सम्म इरानमा ४ हजार ८ सय ६९ जना को मृत्यु भइसकेको छ ।
    स्विडेन

    कोरोना भाइरस कोभिड(१९ का कारण स्विडेनमा बिहिबार थप १ सय ३० जनाको मृत्यु भएको छ। बिहिबार यो समाचार तयार पार्दा सम्म स्विडेनमा १२ हजार ५ सय ४० कुल सङ्क्रमित भएका छन् भने, १ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन ६ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    ब्राजिल

    कोभिड १९ का कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या १ हजार ९ नाघेको छ । बिहिबार थप १ सय ९० जनाको मृत्यु भएसंगगै ब्राजिलमा मृत्यु हुनेको संख्या १ हजार ९ सय ४७ पुगेको हो। यो समाचार तयार पार्दा सम्म ब्राजिलमा३० हजार ६८३ कुल सङ्क्रमित भएका छन् । बिहिबार एकै दिन २ हजार ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    भारत

    कोभिड १९ भनिने कोरोना भाइरस बाट भारतमा ज्यान गुमाउनेको संख्या ४ सय २० पुगेको छ । बिहिबार सम्म भारतमा १२ हजार ७ सय भन्दा बढीमा कोरोना भाइरस संक्रमित भएको छ । बिहिबार भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसका संख्या १२ हजार ७ सय ५९ पुगेको बताइएको छ ।

    हाल सम्म विश्वको २१० देश तथा अधिनस्थ क्षेत्रमा फैलिसकेको कोरोना भाइरसबाट हाल सम्म १ लाख ४४ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने २१ लाख भन्दा बढी यस भाइरसबाट संक्रिमत भइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस