चीनले डाटा सच्यायो, थप १२ सय ९० जनाको ज्यान गएको खुलासा
विश्वव्यापी महामारीको प्रकोपको रूप लिएको नोवलकोरोना भाइरसको उद्गम स्थल मानिएको चीनमा थप १ हजार २ सय ९० जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । चीनको बुहान राज्यले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक गरेको हो ।
चीनको बुहान राज्य प्रशासनले अप्रिल १६ सम्मको तथ्याङ्कमा थप १ हजार २ सय ९० ले बढेर वुहानमा ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको पिपल्स चाइना डेलीले उल्लेख गरेकाे छ । यसै गरी जम्मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पनि ३२५ ले बढेर ५० हजार ३ सय ३३ पुगेको जनाएको हो । याे संगै चीनमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ४ हजार ६ सय ३२ पुगेकाे छ । यस्तै चीनमा काेराेना भाइरस संक्रमितकाे संख्या बढेर ८२ हजार ६ सय ९२ पुगेकाे वल्डवमिर्टसले उल्लेख गरेकाे छ ।


क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस