इरानमा कोरोनाबाट आज पनि मृत्यु हुनेको संख्या घट्यो

बैशाख ५, शुक्रबार ।
इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।
अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १७ तारिख १ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ तथा शुक्रबार ८९ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७९ हजार ४ सय ९४ रहेको छ । शुक्रबार सम्म इरानमा ४ हजार ९ सय ५८ जना को मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस