• जीवनशैली | Jiwanshaili
  • कोरोना भाइरस संक्रमितको संख्या २२ लाख


    ५ वैशाख, शुक्रबार ।

    विश्वब्यापी महामारीको प्रकोपको रुपमा फैलिएको नोवल कोरोना भाइरस संक्रमितको संख्या २२ लाख पुगेको छ । कोरोना सम्बन्धि तथ्यांक संकलन गर्ने साइट वल्र्डवमिटरसका अनुसार हाल सम्म यस भाइरसबाट संक्रमितको संख्या २२ लाख ३ सय २२ पुगेको छ ।
    विश्वको २१० देश तथा अधिनस्थ क्षेत्र र दुई समुन्द्रीक जहाजमा समेत फैलिसकेको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४७ हजार नाघेको छ ।

    यस भाइरसबाट सबै भन्दा बढी अमेरिकामा ३४ हजारको ज्यान गएको छ भने इटलीमा २२ हजार जनाको ज्यान गएको तथ्याङ्कमा छ। यसै गरी स्पेनमा १९ हजारको मृत्यु भइसकेको छ । चीनबाट सुरु भएको भनिएको नोवल कोरोना भाइरसले युरोप हुँदै अमेरिकामा सम्म महामारीको प्रकोपको रूप लिएको छ ।

    यस भाइरसबाट अमेरिकामा सबै भन्दा बढी सङ्क्रमित भएको छ । हाल सम्म अमेरिकामा ६ लाख ७८ हजार जनामा भाइरसको सङ्क्रमण देखिसकेको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस