• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकैदिन १४ जनामा कोरोना,संक्रमितको संख्या ३० पुग्याे


    बैशाख ५ गते, शुक्रबार।

    नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० रहेकाे छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ | संक्रमितमा उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरूष रहेकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ । यस्तै चितवन जिल्लामा २ वटा केसमा २७ र ६३ बर्षिय पुरुष रहेकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।



    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस