• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख ६ (तालिका सहित)


    बैशाख ६ गते ।शनिबार।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २२ लाख ४८ हजार पुगेको छ । शनिबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २२ लाख ८४ हजार ३७ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ५४ हजार १ सय २६ पुगेको छ ।
    अमेरिका
    कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या आज पनि बढेको छ । शुक्रबार एकै दिन २ हजार ५ सय १६ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ३७ हजार १ सय पुगेको हो ।एकै दिन अमेरिकामा ३१ हजार ६ सय ३१ जना यस भाइरसबाट संक्रमित भएका छन् । शनिबार बिहान सम्म ७ लाख ९ हजार २ सय १ कुल सङ्क्रमित भएका छन्। अमेरिकामा मृतकको संख्या ३७ हजार १ सय ३५ पुगेको छ ।
    युके

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार थप ८ सय ४७ जनाको मृत्यु भएको छ । युकेमा शुक्रबार एकै दिन ५ हजार ५ सय ९९ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ८ हजार ६ सय ८२ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १४ हजार ५ सय पुगेको छ । शुक्रबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १४ हजार ५ सय ७६ जना पुगेको छ ।
    इटली
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा बिहिबार थप ५ सय ७५ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ७२ हजार ४३४ कुल सङ्क्रमित भएका छन् भने, २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ । बिहिबार एकै दिन ३ हजार ४ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।
    स्पेन
    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शुक्रबार थप ५ सय ८५ जना विरामीको ज्यान लिएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको तथ्याङक अनुशार शुक्रबार सम्म स्पेनमा १९ हजार ४ सय ७८ जनाको मृत्यु भएको छ । शुक्रबार स्पेनमा थप ५ हजार २ सय ५२ जना संक्रिमत भएका छन् । यस्तै यस भाइरसबाट स्पेनमा हाल सम्म १ लाख ८८ हजार ८१ जना संक्रिमत भइसकेका छन् ।
    फ्रान्स
    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा हिजोको तुलनामा बिहिबार बढेकाे छ। बिहिबार ७ सय ५३ जनाको ज्यान गएकोमा शुक्रबार थप ७ सय ६१ जनाको मृत्यु भएको छ ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १८ हजार ६ सय ८१ पुगेको छ ।विगत २४ घण्टामा फ्रान्समा थप १ हजार ९ सय ९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ४७ हजार ९ सय ६९ जना संक्रमित भएका छन् ।
    बेल्जियम
    कोरोना भाइरसबाट बेल्जियममा शुक्रबार एकै दिन थप ३ सय ६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार १ सय ६३ पुगेको छ । यस्तै शुक्रबार १ हजार ३ सय २९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३६ हजार १ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरान
    इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १७ तारिख १ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ तथा शुक्रबार ८९ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ७९ हजार ४ सय ९४ रहेको छ । शुक्रबार सम्म इरानमा ४ हजार ९ सय ५८ जना को मृत्यु भइसकेको छ ।

    नेपाल
    नेपालमा एकैदिन १४ जना कोरोना भाइरस९कोभिड१९ का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० रहेको छ । जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ। संक्रमितमा उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस्तै चितवन जिल्लामा २ वटा केसमा २७ र ६३ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस