कोरोना भाइरसका कारण इरानमा ज्यान गुमाउनेको संख्या ५ हजार पुग्याे
बैशाख ६, शनिबार ।
कोरोना भाइरसका कारण इरानमा ज्यान गुमाउनेको संख्या ५ हजार पुगेको छ । शनिबार थप ७३ जनाको मृत्यु भएपछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ३१ पुगेको हो ।
इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।
अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १८ तारिख १ हजार ३ सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ तथा शुक्रबार ८९ जनाको मृत्यु भएको शनिबार ७३ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हाल सम्म इरानमा कोरोना भाइरस सङ्क्रमितको ८० हजार ८ सय ६८ रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस