बागलुङकी ६५ बर्षीया कोरोना संक्रमित पनि घर फर्किन्, शनिबार साँझ डिस्चार्ज
बागलुङकी ६५ बर्षीया महिला कोरोना भाइरसको संक्रमणलाई जितेर निको भएकी छन् । दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्ने गरी उनलाई शनिबारै साँझ धौलागिरी अञ्चल अस्पतालले डिस्चार्ज गरेको छ ।
उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी यसअघि गरिएको भए पनि स्वाब परीक्षणको रिर्पोट नेगेटिभ भएको थाहा पाएपछि अस्पताल व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति र चिकित्सकको टोलीको बैठक बसेर शनिबारै साँझै घर पठाएको हो।
तेस्रो र चौथोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको अस्पतालले जनाएको हो।
धौलागिरी अञ्चल अस्पतालमा चैत १९ गते भर्ना भएकी उनले अस्पतालको तीन साता लामो बसाईपछि सकुशल फर्कने मौका पाइन्। जनस्वास्थ्यका लागि विश्वभर चुनौती भइरहेको कोरोना भाइरस (कोभिड १९) लाई बागलुङ नगरपालिका ३ गौंडाकोटकी यी महिलाले सजिलै जितेकी हुन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस