काेराेना कहरः इरानमा आइतबार थप ८७ जनाको मृत्यु

बैशाख ७ गते, आइतबार ।
कोरोना भाइरसका कारण इरानमा आइतबार थप ८७ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार १ सय १८ पुगेको हो ।
इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो साता घट्दो दरमा रहेको छ । पछिल्लो दश दिनको तथ्याङ्क लाई हेर्दा इरान कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रण उन्मुख रहेको देखिन्छ ।
अप्रिल ५ तारिखमा इरानमा २ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो भने त्यस पछि निरन्तर घटेर अप्रिल १९ तारिख १ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
यसै गरी इरानमा पछिल्लो तीन दिनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३ अङ्कबाट झरेर २ अङ्कमा आइपुगेको छ । मङ्गलवार ९८ जनाको ज्यान गएको इरानमा बुधवार ९४ र बिहिबार ९२ तथा शुक्रबार ८९ जनाको मृत्यु भएको शनिबार ७३ जनाको मृत्यु भएको र आइतबार ८७ जनाको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस