• जीवनशैली | Jiwanshaili
  • फ्रान्समा मृत्यु हुनेको संख्या घट्याे


    बैशाख ८ गते ।साेमबार।

    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या आइतबार पनि कमि आएको छ। शनिबार ६ सय ४२ जनाको ज्यान गएकोमा आइतबार थप ३ सय ९५ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १९ हजार ७ सय १८ पुगेको छ ।

    विगत २४ घण्टामा फ्रान्समा थप १ हजार १ सय १ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५२ हजार ८ सय ५४ जना संक्रमित भएका छन् ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४लाख संक्रमित भइसकेका छन भने १ लाख ६४ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस