इरानमा थप ९१ जनाको मृत्यु,हाल सम्म ५९ हजार निको भए

बैशाख ८ गते, सोमबार ।
कोरोना भाइरसका कारण इरानमा सोमबार थप ९१ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय ९ पुगेको हो ।
इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो तीन दिनमा बढेको छ ।
शनिबार ७३ जनाको मृत्यु भएको इरानमा आइतबार ८७ जनाको ज्यान गएको र आज सोमबार ९१ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।आज एकै दिन इरानमा १ हजार २ सय ९४ संक्रमित थपिएका छन् । यो संगै इरानमा कोरोना भाइरस संक्रमितको संख्या ८३ हजार ५ सय ५ पुगेको छ ।
इरानमा कोरोना भाइरस संक्रमित मध्ये ५९ हजार २ सय ५९ जना निको भएर घर फर्केको जानकारी दिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस