इरानमा थप ९१ जनाको मृत्यु,हाल सम्म ५९ हजार निको भए
बैशाख ८ गते, सोमबार ।
कोरोना भाइरसका कारण इरानमा सोमबार थप ९१ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय ९ पुगेको हो ।
इरानमा कोरोना सङ्क्रमित र मृत्यु हुनेको दर भने पछिल्लो तीन दिनमा बढेको छ ।
शनिबार ७३ जनाको मृत्यु भएको इरानमा आइतबार ८७ जनाको ज्यान गएको र आज सोमबार ९१ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।आज एकै दिन इरानमा १ हजार २ सय ९४ संक्रमित थपिएका छन् । यो संगै इरानमा कोरोना भाइरस संक्रमितको संख्या ८३ हजार ५ सय ५ पुगेको छ ।
इरानमा कोरोना भाइरस संक्रमित मध्ये ५९ हजार २ सय ५९ जना निको भएर घर फर्केको जानकारी दिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस