• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख ९ (तालिका सहित)


    बैशाख ९ गते ,मंगलबार।
    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २४ लाख ७९ हजार पुगेको छ । मंगलबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २४ लाख ७९ हजार ६ सय ९१ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ७० हजार ३ सय ७० पुगेको छ ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या सोमबार पनि बढेको छ ।हिजो सोमबार एकै दिन १ हजार ९ सय ३९ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४२ हजार ५ सय १४ पुगेको हो ।एकै दिन अमेरिकामा २८ हजार १ सय २३ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबार बिहान सम्म ७ लाख ९२ हजार ७ सय ५९ कुल सङ्क्रमित भएका छन्।


    युकेमा
    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा सोमबार थप ४ सय ४९ जनाको मृत्यु भएको छ । युकेमा सोमबार एकै दिन ४ हजार ६ सय ७६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २४ हजार ७४३ पुगेको छ । सोमबार सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १६ हजार ५ सय ९ पुगेको छ।


    फ्रान्समा
    विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या सोमबार बढेको छ। आइतबार ३ सय ९५ जनाको मृत्यु भएकोमा सोमबा गप ५ सय ४७ जनाको ज्यान गएको छ ।फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २० हजार २ सय ६५ पुगेको छ ।विगत २४ घण्टामा फ्रान्समा थप २ हजार ४ सय ८९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना संक्रमित भएका छन् ।

    स्पेनमा

    कोभिड १९ बाट स्पेनमा संक्रमितको संख्या २ लाख पुगेको छ । सोमबार थप ४ हजार २ सय ६६ जना नयाँ बिरामी थपिएपछि स्पेनमा संक्रमितको संख्या २ लाख २ सय १० पुगेको हो । यस्तै सोमबार थप ३ सय ९९ जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५२ पुगेको हो ।

    इटलीमा

    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा सोमबार थप ४ सय ५४ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ८१ हजार २२८ कुल सङ्क्रमित भएका छन् भने, २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन २ हजार २ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।


    बेल्जियममा
    कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिन थप १ सय ४५ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार ८ सय २८ पुगेको छ । यस्तै सोमबार १ हजार ४ सय ८७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म ३९ हजार ९सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    इरानमा
    कोरोना भाइरसका कारण इरानमा सोमबार थप ९१ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार २ सय ९ पुगेको हो ।शनिबार ७३ जनाको मृत्यु भएको इरानमा आइतबार ८७ जनाको ज्यान गएको र आज सोमबार ९१ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।आज एकै दिन इरानमा १ हजार २ सय ९४ संक्रमित थपिएका छन् । यो संगै इरानमा कोरोना भाइरस संक्रमितको संख्या ८३ हजार ५ सय ५ पुगेको छ ।


    भारतमा
    कोरोना भाइरसबाट भारतमा सोमबार एकै दिन थप ३६ जनाको ज्यान गएको छ । यस्तै सोमबार १ हजार ५ सय ५३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको स्वास्थ्य मन्त्रालयका सहसचिव प्रेम अग्रवालले बताएका छन् ।भारतमा हाल सम्म १७ हजार २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।यो संगै भारतमा मृत्यु हुनेको संख्या ५ सय ४३ पुगेको छ ।


    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा २२० जनाको ज्यान गएको छ भने ब्राजिलमा १२५ जना, क्यानडामा १०३ जना र टर्किमा १२३ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस