• जीवनशैली | Jiwanshaili
  • कोभिड १९बाट युकेमा मृत्यु हुनेको संख्या १६ हजार ५ सय पुग्याे


    बैशाख ९ गते । मंगलबार ।

    विश्वव्यापी महामारी निम्त्याएको कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मृत्यु हुनेको संख्या १६ हजार ५ सय ९ पुगेको छ। युकेमा सोमबार थप ४ सय ४९ जनाको मृत्यु भएको छ । सोमबार एकै दिन ४ हजार ६ सय ७६ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ४३ पुगेको छ ।

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २४ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ७० हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस