उदयपुरका थप ८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्याे

बैशाख ९ गते, मंगलबार।
नेपालमा थप ८ जनामा काेराना भाइरसकाे संक्रमण देखिएकाे छ । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ ।
मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा कोरोना देखिएको हो।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् ।
संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण आउन बाँकी छ ।
यस अघि स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देबकोटाले ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको बताएका थिए । मंगलबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । यस मध्ये चार जना विरामी निकाे भएर घर फर्किएका छन् । भने बाँकी ३६ जना उपचाररत रहेका छन्।
याे पनि हेर्नुहाेस्
नेपालमा थप एक जनामा कोरोना भेटियो, संक्रमितको संख्या ३२ पुग्यो
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस