नेपालमा थप १ जना काेराेना संक्रमित निकाे भए, अस्पतालले गर्याे डिस्चार्ज
बैशाख ९ गते, मंगलबार।
सुदूरपश्चिम प्रदेशका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–५ का ३४ वर्षीय युवकको लगातार दुईपटकसम्म कोरोना परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो ।
उनको तीनपटक परीक्षण गर्दासम्म कोरोना रिपोर्ट ‘पोजिटिभ’ देखाएको थियो । उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएर मंगलबार डिस्चार्ज भएका हुन् ।
यसअघि, सेतीमै उपचाररत् लम्कीका २१ वर्षीय संक्रमित युवक पनि निको भएर डिस्चार्ज भएका थिए । अब सेती अस्पतालमा तीनजना संक्रमितको उपचार भइरहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस