• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो (मन्त्रालयकाे विज्ञप्ती सहित)


    बैशाख ९ गते,मंगलबार ।

    उदयपुरबाट ल्याइएको नमुना परीक्षणको नतिजामा एक पछि अर्को गर्दै कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिन थालिएको छ ।आज एकैपटक १० जनामा देखिएको संक्रमण बढेर थप १ जनामा समेत पुष्टि हुँदा कुल ११ पुगेको छ ।

    योसहित नेपालमा कारोना संक्रमितको संख्या ४२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमणको पुष्टि भएको हो ।

    हाल पुष्टी भएकाे मा १८ बर्षका २ जना , २०, ३३,४०, ४१ बर्षका २ जना, ५२ र ५८ बर्षीय पुरूष र एक जना ३६ र अर्का बर्ष नखुलेकाे महिलामा संक्रमण पाइएकाे हाे ।

    यस अघि स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देबकोटाले ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको बताएका थिए । मंगलबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यस मध्ये चार जना विरामी निकाे भएर घर फर्किएका छन् । भने बाँकी ३८ जना उपचाररत रहेका छन्।

    उदयपुरका थप ८ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४० पुग्याे


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस