• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? बैशाख १० (तालिका सहित)


    बैशाख १० गते । बुधबार ।

    विश्वभर कोरोना महामारीबाट संक्रमित हुनेहरुको संख्या २५ लाख ५४ हजार पुगेको छ । बुधबार बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या २५ लाख ५४ हजार ५ सय ६८ पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोमिटरका अनुसार ज्यान गुमाउनेहरुको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मर्नेको संख्या मंगलबार ह्वात्तै बढेको छ ।हिजो मंगलबार एकै दिन २ हजार ७ सय ६५ जनाको ज्यान गए पछि ज्यान जानेको संख्या ४५ हजार २ सय ७९ पुगेको हो ।एकै दिन अमेरिकामा २५ हजार १ सय ९३ जना यस भाइरसबाट संक्रमित भएका छन् । बुधबार बिहान सम्म ८ लाख १७ हजार ९ सय ५२ कुल सङ्क्रमित भएका छन्।

    युकेमा
    कोरोना भाइरसबाट युकेमा मंगलबार थप ८ सय २८ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन ४ हजार ३ सय १ जना संक्रमित भएका छन् ।यो संगै बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २९ हजार ४४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या मंगलबार घटेको छ। सोमबार ५ सय ४७ जनाको मृत्यु भएकोमा मंगलबार थप ५ सय ३१ जनाको ज्यान गएको छ ।
    फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २० हजार ७ सय ९६ पुगेको छ ।
    विगत २४ घण्टामा फ्रान्समा थप २ हजार ६ सय ६७ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख ५८ हजार ५० जना संक्रमित भएका छन् ।

    इटलीमा

    कोरोना भाइरस कोभिड १९ का कारण इटलीमा मंगलबार थप ५ सय ३४ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ८३ हजार ९५७ कुल सङ्क्रमित भएका छन् भने, २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन २ हजार ७ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्पेनमा

    विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा मंगलबार थप ४ सय ३० जनाको मृत्यु भएको छ । यस्तै थप ४ हजार ९ सय ६८ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ पुगेको छ । यो संगै मंगलबार सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार २ सय ८२ पुगेको छ ।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा मंगलबार एकै दिन थप १ सय ७० जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ९८ पुगेको छ ।यस्तै संक्रमितकाे संख्या ४० हजार नाघेकाे छ । मंगलबार ९ सय ७३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । याे संगै बेल्जियममा हाल सम्म ४० हजार ९सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इरानमा

    कोरोना भाइरसका कारण इरानमा मंगलबार थप ८८ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ हजार ३ सय ७७ पुगेको हो ।
    आज एकै दिन इरानमा १ हजार २ सय ९७ संक्रमित थपिएका छन् । यो संगै इरानमा कोरोना भाइरस संक्रमितको संख्या ८४ हजार ८ सय २ पुगेको छ ।
    इरानमा कोरोना भाइरस संक्रमित मध्ये ६० हजार ९ सय ६५ जना निको भएर घर फर्केको जानकारी दिएको छ ।

    नेपालमा

    नेपालमा कारोना संक्रमितको संख्या ४२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप तीन जनामा संक्रमणको पुष्टि भएको हो ।हाल पुष्टी भएकाे मा १८ बर्षका २ जना , २०, ३३,४०, ४१ बर्षका २ जना, ५२ र ५८ बर्षीय पुरूष र एक जना ३६ र अर्का बर्ष नखुलेकाे महिलामा संक्रमण पाइएकाे हाे ।अघि स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देबकोटाले ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको बताएका थिए । मंगलबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यस मध्ये चार जना विरामी निकाे भएर घर फर्किएका छन् । भने बाँकी ३८ जना उपचाररत रहेका छन्।

    यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा २२४ जनाको ज्यान गएको छ भने ब्राजिलमा १४४ जना, क्यानडामा १५४ जना, स्विडेनमा १८५ र टर्किमा ११९ जनाको ज्यान गएको छ

    विश्वको २१० देश तथा क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट हाल सम्म २५ लाख भन्दा बढी संक्रमित भइसकेका छन भने १ लाख ७७ हजारको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस